बुधबार, असार ४, २०८२

कपिलको बिहेमा भएको थियो यस्तो किस हंगामा

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई – कपिल शर्माका थुप्रै शुभचिन्तक छन्। ‘द कपिल शर्मा सो’ ले उनको लोकप्रियता निकै बढाएको हो। उनी लोकप्रियता कुनै बलिउड स्टार भन्दा कम छैन। उनको सोमा आउन जोखुकै बलिउड स्टार तयार हुन्छन्। कपिलको बड्दो पपुलारिटी बेला बेला उनीमाथि नै भारी हुने गरेको छ। केही दिन पहिले कपिलले आफ्नो शोमा एक फ्यानले आफूलाई जवरजस्ती किस गरेको बताएका थिए।

गत आइबार कपिल ‘द कपिल शर्मा सो’ मा ‘सुपर डान्सर च्याप्टर ३’ का जज शिल्पा शेट्टी कुन्द्रा, गीता कपूर र अनुराग बसु आएका थिए। शोमा कपिलले तीनै जजसँग रमाइलो गरे। यसै क्रममा कपिलले आफ्नो बिहेको एउटा रोचक क्षण सुनाए ।

उनले भने, ‘मेरो बिहेको दिन एक मान्छेले उपस्थित थिए। उनी मेरो प्रत्येक फंसनमा उपस्थित थिए। जब उनी मलाई बिहेको बधाई दिन मेरो नजिक आए उनले मेरो गालामा किस गरिदिए। मलाई थाहा थिएन उनी को हुन्? उनको ब्यवहारले मलाई दिक्क तुल्याएको थियो। मैले उनीलाई सवक सिकाउने साचे बनाए र उनी मेरो नजिक आउने वित्तिकै मैले उनलाई कुहिनाले हिर्काए। त्यसपछि उनले त्यस्तो हर्कत गरेनन्। उनको किस्सा सुनेर कपिलको शोमा उपस्थित सबै हाँसेका थिए।

यसपछि शिल्पा शेट्टीले पनि अनुराग बुसुको हर्कतको बारेमा भनिन्। अनुराग देख्नमा मात्र सीरीयस छन्। तर, उनी खुब मस्ती गर्ने गर्ने स्वभावका छन्। हामीहरुसँग प्राय उनी मजाक गरिरहेका हुन्छन्। शिल्पाले हालै अनुरागले उनको चियामा नुन हालिदिएको र त्यसपछि शिल्पाको फोनबाट उनकी बहिनी शमिता शेट्टीलाई म्यासेज गरिदिएका थिए। उनले म्यासेजमा लेखेका थिए, ‘शिल्पा पेग्रेन्ट छिन।’ यो सुनेर उनकी बहिनी निकै खुसी भएकी थिइन्। तर, पछि मात्र थाहा भयो कि अनुराग उनीसँग मजाक गरिरहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्