बिहीबार, साउन २८, २०८३

पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न डा. शेखर कोइरालाको माग

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।

उनले श्रेष्ठको पक्राउ नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको बताएका छन्।

कोइरालाले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न सरकारसँग आग्रह गर्दै यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्नसमेत सरकारलाई आग्रह गरेका छन्।

जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

प्रकाशित: Aug 13, 2026| 13:43 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्