बिहीबार, साउन २८, २०८३

देउवाको स्वागत गर्न विमानस्थलमा नेता कार्यकर्ताको भिड

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस संस्थापन इतर पक्षका नेता कार्यकर्ताको ठुलो भिड लागेको छ। 

आज दिउँसो १२: २५ बजे बैंककबाट थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आइपुग्न लागेका देउवालाई उनी पक्षका नेता कार्यकर्ताले भव्य स्वागतको तयारी गरेका छन्।

विमानस्थलमा पूर्णबहादुर खडक, डा. शशांक कोइराला, डा. प्रकाश शरण महत, एनपी साउद, दिपक खड्कालगायतका नेताहरु पुगेका छन्। विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. शशांक कोइरालाले आफुहरुको सभापति देउवा नै भएको बताएका छन्।  

कांग्रेसको संस्थापन इतर समूहका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेर चुनदेवी निवाससम्म पुर्याउने बताइएको छ। 

गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए।

प्रकाशित: Aug 13, 2026| 12:31 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्