सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • महिला कर्मचारीमाथि दुर्व्यवहार आरोप लागेका ट्राइकोट इण्डस्ट्रिजका सीईओ समातिए

महिला कर्मचारीमाथि दुर्व्यवहार आरोप लागेका ट्राइकोट इण्डस्ट्रिजका सीईओ समातिए

श्रमिकमाथि दुर्व्यवहार गर्ने कार्यकारी प्रमुखलाई कारवाहीको माग गर्दै विराटनगर १३ को ट्राइकोट इण्डस्ट्रिज प्रालिका मजदुरहरु आन्दोलित भएका छन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

विराटनगर– श्रमिकमाथि दुर्व्यवहार गर्ने कार्यकारी प्रमुखलाई कारवाहीको माग गर्दै विराटनगर १३ को ट्राइकोट इण्डस्ट्रिज प्रालिका मजदुरहरु आन्दोलित भएका छन्। तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डस्ट्रिजका मजदुरहरुले महिला श्रमिकमाथि दुरु्व्यवहार गर्ने कार्यकारी प्रमुख सञ्जय चाण्डोकलाई कारवाहीको माग गर्दै मजदुर आन्दोलित भएका हुन्।

National life

चाण्डोक कार्यकारी प्रमुख भएर आएपछि महिला श्रमिकमाथि दुर्व्यवहार हुन थालेको आन्दोलनरत मजदुरले बताएका छन्। करिव ३ वर्षअघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदुरहरु दुर्व्वहारमा पर्न थालेको भन्दै श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन्। 

श्रमिक महिलाहरुलाई पटक–पटक दुर्व्वहार गरेको भन्दै मजदुरहरुले उद्योग परिसरमा नाराबाजी गरेका छन्। उद्योगका मजदुरहरु पदर्शनमा उत्रिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली पुगेको छ। प्रहरी निरीक्षक प्रकाश राउतको नेतृत्वमा प्रहरीले सुरक्षा दिइरहेको छ। 

ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन्। त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ।

यसैबीच, उद्योगका कार्यकारी प्रमुख चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायव उपरीक्षक डिएसपी दिपक श्रेष्ठले सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए। उद्योगमा कार्यरत एक महिला कर्मचारीसँग कार्यकारी प्रमुख चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातिराति फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले बताएकी छिन्।

Shivam cement

प्रकाशित: Aug 17, 2021| 16:52 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।