बिहीबार, साउन २८, २०८३

प्रतिनिधिसभा अन्तर्गतका पाँच समितिको बैठक बस्दै

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं- आज प्रतिनिधि सभा अन्तर्गतका पाँच समितिको बैठक बस्दैछ। आज बिहान साढे ९ बजे बस्ने अर्थसमितिको बैठकमा उपसमितिहरुका प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ।

त्यसैगरी आज बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ मा परेको संशोधनहरुमाथि संशोधनकर्ता माननीयज्यूहरुसँग छलफलको कार्यसूची रहेको छ।

त्यसैगरी बिहान ११ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफलको कार्यसूची रहेको छ। त्यस्तै बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ।

त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

प्रकाशित: Aug 13, 2026| 07:19 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्