बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुमारी बैंकको नाफा ३०५ प्रतिशतले बढ्यो, मूल्य आम्दानी अनुपात ७.४५ गुणा

कुमारी बैंकको नाफा ३०५ प्रतिशतले बढ्यो, मूल्य आम्दानी अनुपात ७.४५ गुणा

 |  बुधबार, साउन २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०८३

काठमाडौं- कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार बैंकले सो अवधिसम्ममा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको बैंकको नाफा समीक्षा वर्षमा ३०५.९६ प्रतिशतले बढेको हो।

खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेरमेन्ट चार्ज रिभर्स भएसँगै बैंकको खुद नाफामा यो ठूलो उछाल आएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेको छ।  खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले बढेको छ।

यसै अवधिमा बैंकले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गर्न सफल भएकाले सञ्चालन मुनाफा पनि १०१.०९ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ र प्रतिसेयर वितरणयोग्य आम्दानी ३ रुपैयाँ २ पैसा कायम भएको छ।

नाफामा आएको उच्च वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २१ रुपैयाँ २३ पैसाले बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ। यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ।

हाल २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा बैंकले कुल ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रकाशित: Aug 12, 2026| 11:20 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्