बुधबार, साउन २७, २०८३

लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला

 |  बुधबार, साउन २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०८३

रौतहट- रौतहटको देबाहीगोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। मंगलबार नुहाउन गएका तीनमध्ये दुईको शव बुधबार बिहान फेला परेको हो। एक बालीका अझै बेपत्ता रहेकी छन्। 

देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका र १० वर्षीया सवनम खातुन र १० वर्षीय मोहमद रहमतुल्लाहको शव फेला परेको जिल्ला प्रहरी गौरले जनाएको छ।  दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी पुगेर बाहिर निकालेको थियो। 

नुहाउने क्रममा तीन बालबालिका हराएको सूचना पाएपछि मंगलबार दिउँसोदेखि सशस्त्र,  नेपाल प्रहरी र स्थानीय खोजीमा जुटेका थिए। हराइरहेकामध्ये शेख खुरौसेदको १० वर्षीय छोरी रौशन खातुन अझै फेला नपरेको र उनको खोजी कार्य जारी प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 12, 2026| 11:06 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्