बुधबार, साउन २७, २०८३

सुनचाँदीको मुल्य घट्यो

 |  बुधबार, साउन २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १२ सयले घटेर तोलाको ३ लाख ६ हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख ७ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४७४५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो।

प्रकाशित: Aug 12, 2026| 11:05 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्