काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ। आज मंगलबार नेप्से ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४० कम्पनिका ९५ लाख ३४ हजार २२१ कित्ता शेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ मा कारोबार भएको थियो। आज विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा, र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
आज, सबैभन्दा बढी अपर लोहोरे खोलाको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबीबीएल डिभेन्चरको शेयर ५.९२ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी महिला लघुवित्तको १४.९१ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४४ करोड ८७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३३ करोड ६७ लाख बराबरको कारोबार भएको छ।
