सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • महिला श्रमिकमाथि दुर्व्यवहारको आरोपमा ट्राइकोट इन्डस्ट्रिजका प्रमुख पक्राउ

महिला श्रमिकमाथि दुर्व्यवहारको आरोपमा ट्राइकोट इन्डस्ट्रिजका प्रमुख पक्राउ

तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इन्डस्ट्रिजका कार्यकारी प्रमुख सञ्जय चाण्डोक पक्राउ परेका छन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

विराटनगर- तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इन्डस्ट्रिजका कार्यकारी प्रमुख सञ्जय चाण्डोक पक्राउ परेका छन्। महिला श्रमिकमाथि दुर्व्यवहार  गरेको आरोपमा कार्यकारी प्रमुख चाण्डोक पक्राउ परेका हुन्। 

National life

मोरङका प्रहरी नायव उपरीक्षक डिएसपी दीपक श्रेष्ठले दुर्व्यवहारको आरोप लागेपछि कार्यकारी प्रमुख चाण्डोकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए। उद्योगमै कार्यरत एक महिला कर्मचारीमाथि कार्यकारी प्रमुख चाण्डोकले दुर्व्यवहार गरेको आरोप छ। 

यता प्रमुख चाण्डोकमाथि कारबाहीको माग गर्दै उद्योगका मजदुर आन्दोलित भएका छन्। विराटनगर-१३ स्थित ट्राइकोट इन्डस्ट्रिज प्रालिका मजदुरले चाण्डोक कार्यकारी प्रमुख भएर आएपछि महिला श्रमिकमाथि दुर्व्यवहार हुन थालेको आरोप लगाएका छन्। 

करिब ३ वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएका थिए। श्रमिक महिलाहरुलाई पटक–पटक दुर्व्यवहार गरेको भन्दै मजदुरले उद्योग परिसरमा नाराबाजी गरेका छन्। 

उद्योगका मजदुर पदर्शनमा उत्रिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली पुगेको थियो। 

Shivam cement

ट्राइकोटमा ३५० जना भन्दा बढी मजदुर कार्यरत छन्। त्यसमध्ये १५० जना महिला कामदार रहेको बताइएको छ।

प्रकाशित: Aug 17, 2021| 16:51 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।