मंगलबार, साउन २६, २०८३

लागूऔषधसहित चार जना पक्राउ

 |  मंगलबार, साउन २६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०८३

काठमाडौं- लागूऔषध सहित चार जना पक्राउ परेका छन्।

झापा गाउँपालिका—५ खाताबस्तीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५५० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका—२ बस्ने २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी र बिर्तामोड नगरपालिका—४ बस्ने ३१ वर्षीय धिरज गुरूङ रहेका छन्। प्रहरी चौकी टाघनडुब्बा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

कैलाली, बर्दगोरिया गाउँपालिका—१ कट्टिपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३५० मिलिग्राम सहित सोही ठाउँ १९ वर्षीय दिनेश बडुवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

मोरङ, रंगेली नगरपालिका—७ बकराहा पुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२० मिलिग्राम सहित सोही नगरपालिका—७ बसपार्क बस्ने ३० वर्षीय सुनिल कुमार मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रंगेलीबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश.१.०२.००४ ह ६७७० नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा सफारीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 11, 2026| 09:44 मंगलबार, साउन २६, २०८३
प्रतिक्रिया दिनुहोस्