सोमबार, साउन २५, २०८३

दूधखोलामा १० अर्ब लगानी जुट्यो, ६५ मेगावाट आयोजना 

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं। माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीले मनाङमा निर्माण गर्न लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनामा १० अर्ब १ करोड रुपैयाँको लगानी जुटेको छ। आयोजनाको प्रवद्र्धक दूधखोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएसँगै आयोजना निर्माणको बाटो खुलेको हो।

आयोजनामा एनएमबी बैंकले नेतृत्वदायी बैंकका रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ लगानी गर्नेछ। सानिमा बैंकले सहायक बैंकका रूपमा ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ। दुई बैंकको ऋण लगानी मात्रै १० अर्ब १ करोड रुपैयाँ पुगेको छ।

दूधखोला आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ अनुमान गरिएको छ। यसमध्ये बैंकबाट जुटेको १० अर्ब १ करोड रुपैयाँबाहेकको रकम प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँभन्दा कम पर्ने भएकाले लागतका दृष्टिले आयोजना आकर्षक देखिएको छ।

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माण तत्काल सुरु गर्ने तयारी प्रवद्र्धक कम्पनीको छ। निर्माण सुरु गरेको तीन वर्षभित्र विद्युत् उत्पादनमा जाने लक्ष्य  लिएको माउण्टेन इनर्जी लिमिटेडका अध्यक्ष प्रदिपजंग पाण्डेको भनाइ छ।

मनाङमा निर्माण हुने यो आयोजनाले माउण्टेन इनर्जीको जलविद्युत् पोर्टफोलियो थप विस्तार गर्नेछ। कम्पनीले यसअघि ४२ मेगावाटको मिस्त्रीखोला र ५ मेगावाटको तादीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ। ती दुवै आयोजनाबाट अहिले नियमित विद्युत् उत्पादन भइरहेको छ।

१० अर्ब १ करोड रुपैयाँको वित्तीय स्रोत सुनिश्चित भएसँगै दूधखोला आयोजना अब निर्माणको चरणमा प्रवेश गर्ने भएको छ। तीन वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने लक्ष्य पूरा भएमा यसले माउण्टेन इनर्जीको विद्युत् उत्पादन क्षमता थप बढाउनेछ।

प्रकाशित: Aug 10, 2026| 18:10 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्