सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हेटौंडा कपडा उद्योगका लागि कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न कुलमानको सरकारलाई ध्यानाकर्षण

हेटौंडा कपडा उद्योगका लागि कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न कुलमानको सरकारलाई ध्यानाकर्षण

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौँडा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष घिसिङले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिदै कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले उद्योगलाई दीर्घकालीन रूपमा प्रभावकारी र व्यवस्थित ढंगले सञ्चालन गर्न निजी क्षेत्रलाई समेत साझेदारीमा ल्याउन आवश्यक रहेको बताउदै उनले उद्योगको दिगो सञ्चालनका लागि सरकारले यस विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: Aug 10, 2026| 12:54 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्