काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४५७० मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४४७५ मा कारोबार भएको थियो।