काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४४७५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४३८० मा कारोबार भएको थियो।