बुधबार, साउन २०, २०८३

राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

काठमाडौं- आज राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ। आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

आज बिहान ११ बजेदेखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण,  मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

त्यस्तै आज बिहान साढे ९ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा युनेस्को र पुरातत्त्व विभागसँग विश्‍व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने नेपालका सम्भावित सम्पदाहरु सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

प्रकाशित: Aug 05, 2026| 06:46 बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्