मंगलबार, साउन १९, २०८३

काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

काठमाडौं- नेपाली काँग्रेसले सुनसरी घटनामा आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा प्रश्न उठाएको छ।

काँग्रेसका सचेतक निस्कल राईले केहि अन्दोलनरत पक्षसँग धर्मका विषयमा गरिएको सहमतिले समाजआमा आशंका उत्पन्न गरेको भन्दै स्पष्ट गर्न सरकारसँग माग गरेका हुन्।

उनले सबैको पहलबाट सुनसरी घटना साम्य बन्दै गएको भएपनि सरकारले समयमै पहलकदमी नलिएको बताए। उनले सुनसरी घटनाको स्वतन्त्र छानबिन गरेर घटना हुनुको कारण र घटनाका दोषीलाई कारवाही गर्न समेत माग गरेका छन्।

उनले शान्ति भनेको कफ्र्यु हटाउनु वा सडक खुलाउनु मात्र नभई नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास जाग्नु र समुदायहरूबीच पुनः विश्वासको वातावरण बन्नु रहेको बताए।

सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्न नहुने बताए।  

साथै सांसद राईले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको बताए।

उनले भने- 'हामीले यसअघि पनि उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति दर्ज गराएका थियौँ र आज पनि त्यसलाई दोहोर्याउन चाहन्छौँ। सार्वभौम राष्ट्रको प्रधानमन्त्रीबाट नेपालले नै भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति आउनु सामान्य राजनीतिक टिप्पणी होइन। त्यसैले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिनुपर्छ, नेपाली जनतासँग क्षमा माग्नुपर्छ र त्यसलाई संसद्को अभिलेखबाट हटाइनुपर्छ।’

प्रकाशित: Aug 04, 2026| 13:37 मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्