मंगलबार, साउन १९, २०८३

आज संघीय संसद्का‍ पाँच समितिको बैठक बस्दै

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

काठमाडौं- आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ। 

आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

आज बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ।

त्यस्तै बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन  विधेयक, २०८१' सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ।

त्यसैगरी बिहान १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ उपर सैद्धान्तिक र दफावार छलफल तथा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ।

त्यस्तै दिउसो १ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति राम नारायण विडारीसँग सरकारी आश्‍वासन सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ।

प्रकाशित: Aug 04, 2026| 07:23 मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्