मंगलबार, साउन १९, २०८३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

काठमाडौं- आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज बैठक दिउसो १ बजेदेखि बस्दैछ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२' पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै आज भिष्मराज आङ्देम्बेले 'वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवम् सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण गराउन आवश्यक भएकोले" भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने प्रस्तावका समर्थक ऐन बहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Aug 04, 2026| 06:42 मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्