शुक्रबार, साउन १५, २०८३

ब्रोड पिक हिमपहिरो अपडेट : आजको खोजी कार्य स्थगित

 |  शुक्रबार, साउन १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०८३

काठमाडौं। पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरोमा बेपत्ताको आजको खोजीकार्य स्थगित गरिएको छ।

पाकिस्तान अल्पाइन क्लबले दिएको अपडेट अनुसार अहिलेसम्म दुई जनाको शव फेला परेको र उनीहरु ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) रहेको जानकारी दिएको छ।

पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन पाकिस्तानी सेनाका दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरिएको थियो। आज मौसमको खराबी र अध्यारो भएका कारण खोजी कार्य रोकिएको र भोली फेरी शुरु हुने अल्पाइन क्लबले अपडेट दिएको छ। 

यसअघि आज बिहानसम्म ट्रयाकरको लोकेसन फेला परेको बताइएको थियो। लोकेसन ६ हजार देखि ७ हजार मिटर उचाईमा रहेको उल्लेख गरिएको थियो तर सो क्षेत्रसम्म आज पुग्न नसकिएको बताइएको छ। 

क्लबका अनुसार उच्च हिमाली क्षेत्रमा भइरहेका उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन हवाई तथा स्थलमार्गबाट समन्वयात्मक रूपमा काम भइरहेको छ। 

हिमपहिरोमा परेका १० जना आरोहीमध्ये नेपाली कम्पनी एलिट एक्सपेड, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपाल मार्फत गएका विदेशी र नेपाली आरोही रहेका छन्।

हिमपहिरोमा अझै ८ जना बेपत्ता रहेका छन्, जसमा पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।

प्रकाशित: Jul 31, 2026| 19:36 शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्