शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति पौडेलबाट पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

राष्ट्रपति पौडेलबाट पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

 |  शुक्रबार, साउन १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०८३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायत तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा उनीहरूले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार पूर्वराष्ट्रपति डा. यादवले सरकारले यो विषम स्थितिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई साथमा लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताए। 

प्रकाशित: Jul 31, 2026| 18:41 शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्