बुधबार, साउन १३, २०८३

उपराष्ट्रपतिद्वारा सद्भाव कायम गर्न अपिल

 |  बुधबार, साउन १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०८३

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन्।

उनले आज एक सन्देशमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

उपराष्ट्रपति यादवले घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार प्रभावकारी रूपमा होस् भन्ने अपेक्षा गरेका छन्।

“नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्री भाव र सामाजिक सद्भाव हाम्रो साझा सम्पत्ति हो”, उनले सन्देशमा उल्लेख गरेका छन् , “सबै नागरिकलाई संयमता अपनाउन, आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछु।”

उपराष्ट्रपति यादवले कुनै पनि समस्या समाधानको मार्ग शान्तिपूर्ण संवाद भएको उल्लेख गर्दै आफ्ना माग संयमित ढंगले प्रस्तुत गर्न सबै पक्ष जिम्मेवारीपूर्वक प्रस्तुत हुन अनुरोध गरेका छन्। उनले स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजले आपसी समन्वय गरेर विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

उपराष्ट्रपति यादवले उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता अग्रसर हुन अनुरोध गरेका छन्।

प्रकाशित: Jul 29, 2026| 17:13 बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्