बुधबार, साउन १३, २०८३

रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

 |  बुधबार, साउन १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

आज बिहान ८:०० सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार  बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ। 

महामन्त्री आचार्यले भने, “बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको छ।”

प्रकाशित: Jul 29, 2026| 06:51 बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्