सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका शाहीको शपथ ग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यसअघि गत साउन ९ गते एमाले र नेकपाबीच कर्णालीमा सत्ता समीकरणका लागि सहमति भएको थियो।