सोमबार, साउन ११, २०८३

तीनवटा संसदीय समितिको बैठक बस्दै

 |  सोमबार, साउन ११, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०८३

काठमाडौं- सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

कार्यसूचीअनुसार अपराह्न २ः०० बजे बस्ने शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ।
 
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना’ सम्बन्धमा विस्तृत छलफल हुनेछ। सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पदाधिकारीसँग’ छलफल गर्ने कार्यक्रम छ। समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ।

प्रकाशित: Jul 27, 2026| 06:12 सोमबार, साउन ११, २०८३
प्रतिक्रिया दिनुहोस्