शुक्रबार, साउन १, २०८३

गोठ भत्किँदा स्याङ्जामा एक जनाको मृत्यु

 |  बिहीबार, असार ३२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३२, २०८३

स्याङ्जा- स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ। 

भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए। 

गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ। वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए।

प्रकाशित: Jul 16, 2026| 08:28 बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्