बुधबार, असार ३१, २०८३

सुदूरपश्चिममा एमालेका चार जना मन्त्रीहरूलाई गरियो बर्खास्त

 |  बुधबार, असार ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०८३

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए।

शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए।

शाहले एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की, भूमी व्यवस्था कृर्षि तथा सहकारी मन्त्री वीर बहादुर थापा र भौतीक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई बर्खास्त गरेका हुन्। अब अध्यादेश मार्फत बजेट ल्याउने तयरीमा मुख्यमन्त्री शाह जुटेका छन्।

प्रकाशित: Jul 15, 2026| 15:16 बुधबार, असार ३१, २०८३
प्रतिक्रिया दिनुहोस्