काठमाडौं- कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। बुधबार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन्।
राजिनामा दिनेहरुमा आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढा रहेका छन्।
आज बिहानका लागि कर्णाली सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन्। अर्थमन्त्री शाह विदेश भ्रमणमा छन् भने उर्जामन्त्री विजय बुढा पनि बैठकमा सहभागी भएनन्।