काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो।
समसामयिक राजनीतिक घटनाक्रम र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ। आजको बैठकमा विशेष गरी सरकारका नियमित कार्यसम्पादन र जनसरोकारका विषयहरूमा महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ।