आइतबार, असार २८, २०८३

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

 |  आइतबार, असार २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ।

गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदीरु चार हजार ५१० मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 12, 2026| 11:10 आइतबार, असार २८, २०८३
प्रतिक्रिया दिनुहोस्