शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।
पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण भने खुलेको छैन। अहिले उनको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदैछ। हेलिकप्टरबाट काठमाडौं ल्याउने व्यवस्था गर्न स्थानीय प्रशासनले सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहलाई गुहारेका थिए।
सिंहले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार गराउने पहल भइरहेको उल्लेख गरेका छन्।
प्रहरीका अनुसार घरमा भएको विवादपछि विवेक मण्डल घरबाट निस्किएर सडकमा पुगेका थिए। त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।