शुक्रबार, असार २६, २०८३

कानुन न्यायका लागि हुनुपर्छ, दमनका लागि होइन : कांग्रेस नेता विष्ट

 |  शुक्रबार, असार २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द विष्टले गणेश नेपालीको आत्मदाहको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राज्य व्यवस्था र समाजका लागि यो ठूलो आत्ममन्थनको विषय भएको बताएका छन्।

कानुनको शासन स्थापित गर्ने नाममा नागरिकको आर्थिक क्षमताभन्दा बढी जरिवाना लिने र असह्य मानसिक दबाब दिने परिपाटीका कारण एक युवाले आत्मदाहजस्तो चरम बाटो रोज्नुपरेको भन्दै नेता विष्टले दुःख व्यक्त गरेका हुन्। उनले यस घटनालाई केवल एक परिवारको क्षति मात्र नभई राज्यको संवेदनशीलतासँग जोडिएको विषयका रूपमा टिप्पणी गरेका छन्।

नेता विष्टले जारी गरेको धारणामा भनिएको छ, 'कुनै पनि कानुनको उद्देश्य नागरिकलाई न्याय, सुरक्षा र भरोसा दिनु हो, निराशाको चरम सीमासम्म पुर्‍याउनु होइन।' राज्यका निकायहरूले नागरिकप्रति मानवीय र संवेदनशील नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

नेता विष्टले यस दुःखद् घटनाको तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। भविष्यमा यस्ता हृदयविदारक घटना दोहोरिन नदिन राज्यले आफ्नो कार्यशैलीमा सुधार र न्यायसंगत नीति ल्याउनुपर्ने उनको भनाइ छ।

गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।

प्रकाशित: Jul 10, 2026| 17:34 शुक्रबार, असार २६, २०८३
प्रतिक्रिया दिनुहोस्