शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन : कमल कडायत प्यानलद्वारा उम्मेदवारी घोषणा

अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन : कमल कडायत प्यानलद्वारा उम्मेदवारी घोषणा

 |  शुक्रबार, असार २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०८३

अत्तरिया । अत्तरिया उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि कमल कडायत प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको छ। 

‘इमान्दार टोली, जिम्मेवार नेतृत्व सबै व्यवसायीको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएको यस प्यानलले व्यवसायीहरूको हकहितका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

यस प्यानलबाट अध्यक्ष पदमा कमल कडायतले उम्मेदवारी दिँदा उपाध्यक्षका उम्मेदवारहरूमा उद्योगतर्फ घना चोखाल, वाणिज्यतर्फ गणेश बहादुर बोगटी र वस्तुगततर्फ बासुदेव पन्त रहेका छन्।

प्यानलको महासचिवमा गम्भीर साउद र सचिवमा धिरेन्द्र बोहराले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा बाल कृष्ण ओझा चुनावी मैदानमा छन्। साथै, सदस्य पदका लागि शेखर पनेरु (गोविन्द), घनश्याम जोशी, डिल्लीराज ओझा र चन्द्र सिंह धामी (श्याम)ले उम्मेदवारी दिएका छन्।

अध्यक्षका उम्मेदवार कमल कडायतसहितको उक्त प्यानलले सम्पूर्ण व्यवसायीहरूलाई मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेको छ। प्यानलमा समावेश उम्मेदवारहरू विभिन्न व्यवसायमा आवद्ध रहेकाले व्यवसायीका समस्यालाई नजिकबाट बुझ्ने र समाधान गर्ने दाबी गरिएको छ।

अध्यक्षका दावेदार सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन्। आफू वडाध्यक्ष हुँदा गोदावरी नगरपालिका वडा नम्बर-२ को वडा सदस्य हुँदा कोरोना कहरमा जनताको सेवामा उनी निकै सक्रिय भएका थिए।

उद्योग वाणिज्य संघको अघिल्लो अधिवेशनमा पाउने पद त्यागेर एकतावद्ध नेतृत्वका लागि उनले सहयोग गरेकाले पनि कडायत धेरैको रोजाइमा परेका उम्मेदवार हुन्।

5e8a4a13-c7d0-4f92-91a9-a16515656820-1783657170.jpg
 

प्रकाशित: Jul 10, 2026| 10:04 शुक्रबार, असार २६, २०८३
प्रतिक्रिया दिनुहोस्