बिहीबार, असार २५, २०८३

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

 |  बिहीबार, असार २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु दुई हजार ४०० र चाँदी रु १६० ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३४० कायम भएको छ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: Jul 09, 2026| 11:29 बिहीबार, असार २५, २०८३
प्रतिक्रिया दिनुहोस्