बिहीबार, असार २५, २०८३

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 |  बिहीबार, असार २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०८३

काठमाडौं - सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार वटा महत्त्वपूर्ण विधेयकमाथि विचार गर्ने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ निवारण) (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालेस्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

आजको बैठकमा यी विधेयकमाथि प्रारम्भिक छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित: Jul 09, 2026| 11:27 बिहीबार, असार २५, २०८३
प्रतिक्रिया दिनुहोस्