बिहीबार, असार २५, २०८३

अवैध लागूऔषधसहित काठमाडौंबाट एक जना पक्राउ

 |  बिहीबार, असार २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०८३

काठमाडौं- लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध लागूऔषध ब्राउनसुगरसहित काठमाडौँ चन्द्रागिरिबाट बुधबार एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरगढीका सुवास विक रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको टोलीले उदयपुर गाईघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा सवार उनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 09, 2026| 07:26 बिहीबार, असार २५, २०८३
प्रतिक्रिया दिनुहोस्