बुधबार, असार २४, २०८३

राहदानी सेवा दुई दिन बन्द हुने

 |  बुधबार, असार २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०८३

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ।

विभागले आज जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ।

यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।

यद्यपि, राहदानीसम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ।

मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी सङ्कलन गर्नसक्ने विभागले जनाएको छ।

प्रकाशित: Jul 08, 2026| 20:21 बुधबार, असार २४, २०८३
प्रतिक्रिया दिनुहोस्