काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिले विवाद भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
सांसद राईले बोल्ने क्रममा सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भनेर सोधेपछि विवाद उत्पन्न भएको थियो। यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले राईलाई बोल्न समय दिएनन्।
त्यसपछि सभामुख अर्यालले आफ्नो भनाइ मर्यादामा रहेर राख्न भन्दै चेतावनी दिए । त्यतिमा उनी रोकिएनन् । सभामुखले अगाडि भने, ‘सभामुखको अवहेलना गर्दै हुनुहुन्छ।’
सभामुखले राईलाई बोल्न रोकेपछि एमालेका सांसदहरूले उठेर विरोध जनाए।