मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  •  नेपाल सरकार र एसियाली विकास बैंकबीच २५ अर्बको सहुलियतपूर्ण ऋण सम्झौता

 नेपाल सरकार र एसियाली विकास बैंकबीच २५ अर्बको सहुलियतपूर्ण ऋण सम्झौता

 |  मंगलबार, असार २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०८३

काठमाडौं- नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच दुइटा परियोजनाका लागि १६ करोड ५० लाख अमेरिकी डलरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। यो करिब २५ अर्ब १७ करोड रूपैयाँ बराबर हुन्छ।

एडिबीका अध्यक्ष मासातो कान्डाको जारी नेपाल भ्रमण क्रममा एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजना र दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय सुधार कार्यक्रमका लागि सोमबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

अर्थमन्त्री स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा हस्ताक्षर गरिएका दुईवटा ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालस्थित आवासीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए।

सोमबार हस्ताक्षर भएका सम्झौतामध्ये एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ।

यो आयोजनाअन्तर्गत प्राप्त सहायता स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा परिचालन हुनेछ।

त्यस्तै, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय सुधार कार्यक्रमका लागि ५० लाख डलर सहुलियतपूर्ण ऋण भन्सार कार्यप्रक्रिया र लजिस्टिक्स सेवा आधुनिकीकरणमा गरिएका सुधारबापत बजेट सहायताका रूपमा परिचालन हुनेछ।

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहायताको उच्च मूल्यांकन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

एडिबीका अध्यक्ष कान्डाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको विद्यमान बाह्य तथा आन्तरिक चुनौती सामना गर्न बैंक सधैं सहयोगी हुने र नेपालका विकास प्राथमिकतासँग बैंकको प्राथमिकताको मेल रहेको उल्लेख गरे

प्रकाशित: Jul 07, 2026| 10:51 मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्