सोमबार, असार २२, २०८३

किड्स किङ एण्ड क्विनका चार जना बिजेता जुलाई ९ मा भियतान जाने

 |  सोमबार, असार २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०८३

काठमाडौं। किड्स किङ एण्ड क्विनका ४ जना बिजेता भियतान जाने भएका छन्। जेठको २३ गते भक्तपुरको हेरिटेज प्यालेसमा भव्यताका साथ सम्पन्न  भएको फिनालेबाट चयन भएका ४ बिजेताहरु नाम्दिन सुब्बा , सान्भिका बज्राचार्य , प्रान्सी तुलाधर र बेदाश्री राज्य लक्ष्मी राणा आगामी बिहिबार  भियतान जान लागेको आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत  मोनु शाहले जानकारी दिए। 

बिजयी प्रतियोगीहरुले भियतनाममा आगामी आईतबार नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला र संस्कृति प्रर्दशन गर्नेछन्। कार्यक्रममा नेपालका तर्फबाट  मोनु शाह पनि निर्णायकका रुपमा रहेका छन्। ४ दिन लामो बसाई सकेर उनीहरु स्वदेश फर्किने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रकाशित: Jul 06, 2026| 13:45 सोमबार, असार २२, २०८३
प्रतिक्रिया दिनुहोस्