शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजी 'एक्सेलन्स इन मिडिया टेक्नोलोजी कलेज' अवार्डबाट सम्मानित

शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजी 'एक्सेलन्स इन मिडिया टेक्नोलोजी कलेज' अवार्डबाट सम्मानित

 |  आइतबार, असार २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०८३

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आएको शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले 'एजुकेशन एक्सेलेन्स अवार्ड २०२६' मा 'एक्सेलन्स इन मिडिया टेक्नोलोजी कलेज' को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आयोजित एक समारोहका बीच उक्त सम्मान प्रदान गरिएको हो। यसले कलेजलाई नेपालको मिडिया र प्रविधि शिक्षाको क्षेत्रमा अग्रगामी संस्थाका रूपमा स्थापित गरेको छ। 

नेपालकै पहिलो मिडिया टेक्नोलोजी कलेजका रूपमा परिचित शेफर्ड कलेजले पछिल्लो २५ वर्षभन्दा बढी समयदेखि देशको मिडिया र प्रविधि क्रान्तिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। कलेजको यस २५ वर्षे लामो शैक्षिक उत्कृष्टताको यात्रालाई यो अवार्डले एक उच्च सम्मानका रूपमा पुष्टि गरेको छ। 

शान्तिनगर, काठमाडौंमा अवस्थित र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले मिडिया तथा प्रविधिको क्षेत्रमा नेतृत्वकर्ता तयार गर्ने उद्देश्यले एमएमटी (मास्टर्स इन मिडिया टेक्नोलोजी), बीएमटी (ब्याचलर इन मिडिया टेक्नोलोजी) र बीआईटी (ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी) जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

शेफर्ड कलेजबाट उत्पादित जनशक्तिले नेपालका ठूला मिडिया हाउस, आईटी कम्पनीहरू र विकासमूलक संस्थाहरूमा उच्च पदमा रही नेतृत्व गरिरहेका छन्। नेपालको मिडिया र प्रविधिको क्षेत्रमा हुने हरेक नवप्रवर्तनमा शेफर्ड कलेजका विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने गरेको कलेजले जनाएको छ। 
 

प्रकाशित: Jul 05, 2026| 17:51 आइतबार, असार २१, २०८३
प्रतिक्रिया दिनुहोस्