काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० र चाँदी रु १० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६०५ कायम भएको छ।
गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ६१५ मा कारोबार भएको थियो। गत बिहीबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु चार हजार ४५० मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।