आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ट्राफिक कारबाहीबाट चौबीस घन्टामा पाँच लाख २८ हजार राजस्व असुली

ट्राफिक कारबाहीबाट चौबीस घन्टामा पाँच लाख २८ हजार राजस्व असुली

 |  आइतबार, असार २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०८३

काठमाडौं- बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५,  सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो।

प्रकाशित: Jul 05, 2026| 07:49 आइतबार, असार २१, २०८३
प्रतिक्रिया दिनुहोस्