शुक्रबार, असार १९, २०८३

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

 |  शुक्रबार, असार १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०८३

काठमाडौं । देशका सात वटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा नियुक्ति गरिएको छ। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार खुला प्रतिस्पर्धाबाट छनोट गरिएका नयाँ उपकुलपतिहरूलाई नियुक्त गरेका हुन्।

शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले लामो प्रक्रियापछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले सात वटै विश्वविद्यालयमा नयाँ नेतृत्व नियुक्त गरेका हुन्।
 
नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापालाई जिम्मेवारी दिइएको छ। त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल र कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल नियुक्त भएका छन्।

यस्तै, राजर्षी जनक विश्वविद्यालयको उपकुलपतिमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टालाई नियुक्त गरिएको छ। 

प्रकाशित: Jul 03, 2026| 18:50 शुक्रबार, असार १९, २०८३
प्रतिक्रिया दिनुहोस्