शुक्रबार, असार १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकले प्राप्त गर्‍यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंकले प्राप्त गर्‍यो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

 |  शुक्रबार, असार १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०८३

काठमाडौं- माछापुच्छ्रे बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अर्वाड अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ। उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो। 

काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरे।  यस सम्मानले माछापुच्छ्रे बैंकले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहन गरेको निरन्तर प्रयासलाई थप उचाईमा पुऱ्याउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ। 

माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर योगदान पुऱ्याउँदै आएको छ।

प्रकाशित: Jul 03, 2026| 16:46 शुक्रबार, असार १९, २०८३
प्रतिक्रिया दिनुहोस्