शुक्रबार, असार १९, २०८३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

 |  शुक्रबार, असार १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०८३

काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुन तोलामा रु सात हजार २०० र चाँदी रु १६५ ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६१५ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४५० कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 03, 2026| 11:14 शुक्रबार, असार १९, २०८३
प्रतिक्रिया दिनुहोस्