बिहीबार, असार १८, २०८३

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

 |  बिहीबार, असार १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०८३

काठमाडौं- हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कञ्चनपुरको दोधारामा १७.४ मिलिमिटर र हनुमाननगरमा १२.४ मिलिमिटर वर्षा भएको छ।

नुवाकोटको त्रिशूलीमा १५.८ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको छ। सबैभन्दा बढी दोधारामा १४९.६ मिलिमिटर र कपिलवस्तुको वनगंगामा ११७.६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंको नागार्जुनमा ४६.६ मिलिमिटर वर्षा भएको छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ।

बिहीबार दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ।

दिउँसो देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। बिहीबार राति पनि  देशभर साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jul 02, 2026| 08:02 बिहीबार, असार १८, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय

मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।