बुधबार, असार १७, २०८३

मन्त्री चौधरी र यूएन ईस्क्यापकी कार्यकारी सचिवबीच भेटवार्ता

 |  बुधबार, असार १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०८३

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) की कार्यकारी सचिव महामहिम आर्मिडा साल्सिया आलिस्जाहबानाले भेटवार्ता गरेका छन्।

थाइल्याण्डको राजधानी बैंककस्थित यूएन ईस्क्यापको वातावरण तथा विकास समितिको नवौ मन्त्रीस्तरीय बैठकमासहभागी भएकी मन्त्री चौधरीसँग महामहिम आलिस्जाहबानाले भेटवार्ता गरेकी हुन्।

भेटका क्रममा नेपाल र ईस्क्यापबीच रहँदै आएको लामो सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै जलवायु परिवर्तन, पर्वतीय पारिस्थितिकीय प्रणाली, विपद् जोखिम न्यूनीकरण, दिगो कृषि, जैविक अर्थतन्त्र, हरित उद्योग, वातावरणीय तथ्याङ्क, कार्बन बजार तथा नेपालका लागि आवश्यक प्राविधिक सहयोग र क्षमता विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।  साथै नेपालको योग्य जनशक्तिको ईस्क्यापमा प्रतिनिधित्व वृद्धि गर्ने तथा नेपालमा क्षेत्रीय संवाद र प्राविधिक कार्यक्रम आयोजना गर्ने सम्भावनाबारे समेत विचार आदानप्रदान भएको थियो।

प्रकाशित: Jul 01, 2026| 19:59 बुधबार, असार १७, २०८३
प्रतिक्रिया दिनुहोस्