बुधबार, असार १७, २०८३

नेप्से परिसूचकमा ४४ अंकको वृद्धि

 |  बुधबार, असार १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०८३

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले बृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अंकले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ। कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री भएको छ। आज सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्स, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र एनआइएमबी डिवेञ्चर २०९० शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार, स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर, कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिवेञ्चर, धौवागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन्।

आजको कारोबारमा २५२ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको छ। यस्तै, छ वटा कम्पनीको भने कुनै परिवर्तन भएन। 

प्रकाशित: Jul 01, 2026| 16:03 बुधबार, असार १७, २०८३
प्रतिक्रिया दिनुहोस्