बुधबार, असार १७, २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 |  बुधबार, असार १७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २७० कायम भएको छ।

हिजो मङ्गलबार एक तोला सुन रु दुई लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 01, 2026| 11:18 बुधबार, असार १७, २०८३
प्रतिक्रिया दिनुहोस्